आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरखाका गुम्बाको पुनर्निर्माण भएन, २ करोड ७६ लाख फ्रिज

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • २३ साउन, गोरखा । भूकम्प गएको ४ वर्ष पूरा हुँदा पनि क्षतिग्रस्त गुम्वाहरु पुनर्निर्माण भएका छैनन् ।

    गोरखामा भूकम्पले १०४ गुम्वामा क्षति पुर्‍याएको छ । भूकम्प गएकै वर्ष प्राविधिकको टोलीले निरीक्षण गरी ९१ वटा गुम्वालाई पुनर्निर्माण गर्नुपर्नेमा सूचीकृत गरेको थियो । बाँकी १३ मर्मतसम्भार गर्नुपर्नेछ । तर, हालसम्म काम शुरु भएको छैन ।

    काम नभएपछि गुम्वा पुनर्निर्माणका लागि गत आर्थिक वर्ष०७५/७६ मा आएको रकम फि्रज भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूवार्धार कार्यालय गोरखाले जनाएको छ । ‘२ करोड ८६ लाख रकम आएको थियो,’ कार्यालय प्रमुख रामशरण आचार्यले भने, ‘१० लाख १५ हजार भन्दा खर्च हुन सकेन, बाँकी फिर्ता भएर गयो ।’

    गत आर्थिक वर्ष दुईवटा गुम्वाको काम मात्र शुरु भएको उनले बताए । चुमनुव्री गाउपालिका-२ ल्होको टासि छिरिङ गुम्वा मर्मत र बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकको खुम्चे गुम्वा पुननिर्माणको काम मात्र शुरु भएको उनले जानकारी दिए ।

    रकमको अख्तियारी ढिला आउँदा काम गर्न नसकिएको उनले बताए । ‘असारको पहिलो हप्ता मात्र कार्यक्रम र रकम आयो, फेरि केन्ऽले स्टमेट र डिजाइन पनि पठाएन । त्यसैले काम गर्न सकेनौ,’ आचार्यले भने । पुरातात्विक सम्पदा कायम रहने गरी गुम्वा पुनर्निर्माण गर्नुपर्ने भएकाले केन्ऽबाटै डीपीआर तयार भएर आउनुपर्ने उनको भनाइ छ ।

    चालु आर्थिक वर्ष गुम्वा पुनर्निर्माण तथा मर्मतका लागि १५ करोड २६ लाख ५६ हजार रकम निकासा भएको कार्यालयले जनाएको छ । ५० वटा गुम्वाका लागि उक्त रकम निकासा भएको आचार्यले बताए । ‘४६ वटा पुनर्निर्माण र ४ वटा मर्मत गर्न भनेर रकम आएको हो, अव यस वर्ष काम हुन्छ,’ उनले भने ।

    डीपीआर तयार भएर पुरातत्व बिभागबाट सहमतिसमेत भइसकेको उनले जानकारी दिए । प्राधिकरणले डीपीआर स्वीकृत गरेर जिल्ला पठाएसँगै काम शुरु हुने उनको भनाइ छ ।

    चुमनुव्री गाउँपालिकामा मात्रै ७१ वटा गुम्वामा क्षति पुगेको कार्यालयले जनाएको छ । भौगोलिक बिकटता र सडक संजाल नभएका कारण स्थानीय स्तरमा पाइने सामान वाहेक अन्य सामान हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने कार्यालय प्रमुख आचार्यले बताए ।

    भारतीय एक्जिन विकास बैंकको ८३ प्रतिशत ऋण र नेपाल सरकारको १७ प्रतिशत लगानीबाट गुम्वा पुनर्निर्माण हुन लागेको उनले जानकारी दिए ।

    भूकम्पले क्षति पुगेका मध्य ८ वटा गुम्वा सय वर्ष पुराना रहेको आचार्यको भनाइ छ । सय बर्ष पुराना र २ हजार वर्ग फिट क्षेत्रफल भएका गुम्वाहरुको पुननिर्माण केन्ऽबाटै हुने उनले बताए ।

    केन्द्रीय आयोजना कार्यान्वयन इकाइले गुम्वा पुनर्निर्माणका लागि ८ प्रकारको डिजाइन सार्वजनिक गरेको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij