प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६
देशका अधिकांश स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ । शुक्रबार देशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गदै मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले मनसुन भारतको पूर्वी छत्तिसगढबाट पश्चिम–उत्तरपश्चिमतिर कमजोर भएर सर्दै जाने देखिन्छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
शुक्रबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङसहित मध्यम वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना छ।
यस्तै, राति देशभर देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पश्चिम, पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन–चट्याङसहित मध्यम वर्षा हुनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij