आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गुल्मीमा जिप दुर्घटना: ५ को अवस्था गम्भीर

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • बुटवल– शुक्रबार साँझ गुल्मीको गौंडाकोटमा जिप दुर्घटना भएको छ । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्वरको जिप दुर्घटना भएको हो ।

    गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालका अनुसार कति तल खसेको छ भन्ने कुरा एकिन भइसकेको छैन । अहिलेसम्म ५ जना गम्भीर घाइतेलाई माथि सडकमा निकालेर ३ जना बढी गम्भीरलाई पाल्पा पठाइँदै छ । थप विवरणका लागि प्रहरी खटिएको छ ।

    ‘वारी गौडाकोट र पारी गौडाकोटको पँधेरोजस्तो देखिने खोल्साबाट धेरै तल खसेको भन्ने सुनेर जाँदैछु’ गुल्मीदरवार गाउँपालिका प्रमुख अशोककुमार थापाले भने । उनले भने, ‘क्षति विवरण त्यहाँ नपुगे सम्म भन्न सक्दिन ।’

    जिपमा ६ जना यात्री सवार थिए । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई पाल्पा पठाइएको छ भने १ जना बेपत्ता भएका छन् । दुर्घटनामा जिप्रका गुल्मीका प्रहरी हवल्दार कृष्ण पाण्डे पनि परेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक बस्नेतले बताए । गाडी धेरै तल झरेकोले बेपत्ता खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij