प्रकाशित मिति : आइतवार, साउन २६, २०७६
आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो।
२२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए।
आँखा रोगका ती डाक्टरकहाँ जचाउन गएकी युवतीले परिसरमा जाहेरी दिएको चिमरियाले बताए। पीडितको परिचय खुल्ने हुनाले डाक्टरको क्लिनिक र डाक्टरको नाम खुलाइएको छैन।
प्रहरीका अनुसार पक्राउ परेका डाक्टरमाथि अनुसन्धान भइरहेको छ। उनले आरोप अस्वीकार गरेका छन्।
प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण, उनको बयान तथा सबुत संकलन गर्ने काम भइरहेको बताएको छ।
‘अनुसन्धान भइरहेकाले यसबारे अहिले थप भन्न मिलेन,’ चिमरियाले भने।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij