सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

डिग्री पास गरेकी शारदा गाइपालेरै कमाउँछिन् महिनाको लाखौँ

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • बुटवल, २४ साउन । डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा हाम्रो नेपाली समाजमा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवतिले के मलमुत्र सोहोरिरहेको होला भन्ने धेरै छन् । तर त्यस्ता सोंच भएका व्यक्तिलाई बाँके कोहलपुरकी शारदा शर्माले गतिलो सबक सिकाएकी छन् ।

    शारदाले गाइपालनबाटै महिनाको लाखौँ कमाउँछिन् । बाँके कोहलपुर–१२ चप्परगौडीकी ३४ बर्षीया शारदा शर्माले बाबुआमाको हेरचाह, भाईको पढाई लेखाइमा मात्र समर्पित नभई पशुपालनमार्फत बाँकेमै उदाहरणिय बनेकी छन् । व्यबसायिक गाईपालनले नै उनलाई देश देखि विदेश सम्म चिनाएको छ । शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर वर्षमा ५–७ लाखरुपैयाँ बचत गर्छिन ।

    १५ हजार रुपैयाँको लगानीमा डेढ दशक अघिदेखि सुरु गरेको गाई फार्मले आज उनको परिवारको आर्थिक उन्नती भएको छ भने सामाजिकरुपमा पनि निकै सम्पन्न बनाएको छ ।

    एउटा उन्नत गाई किनेर गाइपालन सुरु गर्नु भएकी शारदाको फर्ममा अहिले १९ वटा गाई छन् । प्रतिदिन ७० लिटरसम्म दूध विक्री गर्नुहुन्छ । उनले बजारको माग धान्न सकेकी छैनन् । भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यसपछि गाईपालन सुरु गरेको उनको भनाइ छ ।

    भारत छँदा शारदाका बुवाआमाले गाइपालन गर्दथे । त्यसैलाई पछ्याइन शारदाले पनि । परम्परागत प्रर्णालीबाट गाईपालन गर्दै आएकोमा शारदाले २०६८ साल देखि सिर्जनशिल गाई फर्म निर्माण गरेर आधुनिक प्रणालीबाट गाईपालन गरेकी हुन् ।

    उनले थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेकी छन् । उनको परिवारले पनि गाइपालनमा सघाउ पु¥याएको छ । शारदा गाइपालनको राम्रो सम्भावना देख्छिन तर राज्यले किसानमन्त्री वातावरण बनाउन नसकेको उनको बुझाइ छ । हरेक क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यसको प्रभावकारीता नदेखिएकोप्रति शारदाको चित्त दुखाई छ ।

    लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिन्छिन । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने बताईन ।

    गाईपालनबाट केही समय निकालेर उनले सामाजिक कार्यमा पनि काम गर्दै आएकी छिन् । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उनले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लागेकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij