सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नागरिकका वैयक्तिक गोपनीयता कायम होस्

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • काठमाडाैं। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ।

    समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ।

    समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयकमाथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले राखेकाे सुधार, संशोधन र भाषागत शुद्धता मिलाएर ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिने निर्णय भएको जानकारी दिइन्।

    यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदले विदेशी प्रविधिको प्रयोगका आधारमा गरिने राष्ट्रिय परिचयपत्रका लागि प्राप्त तथ्य तथ्याङ्कको व्यवस्थापनमा आउन सक्ने सुरक्षा चुनौतीको पाटोमा निकै सजग र सचेत रहन सरकारलाई सुझाव दिए।

    राष्ट्रिय परिचयपत्रका लागि नागरिकले उपलब्ध गराउने व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न र चुहावट हुनबाट रोक्न अपनाउनुपर्ने विधि, प्रक्रिया र सयन्त्रबारे कानूनमै किटान गर्न उनीहरुले सुझाव दिए।

    नागरिको वैयक्तिक गोपनीयतालाई सुरक्षित राख्नेबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्न सुझाव दिँदै सांसदहरुले उक्त परिचयपत्र निर्माणका क्रममा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग गरिने समन्वय र सहकार्यका विषयमा जिज्ञासा राखे।

    नागरिकका व्यक्तिगत विवरण भण्डारणबाट हुन सक्ने चुहावट रोक्न त्यसमा संलग्न कर्मचारीलाई दिइने दण्ड र सजाय कडा तुल्याउन उनीहरुले सुझाव दिए। केही सांसदले भने कठोर दण्ड सजायले मात्र समाजमा अपराध नियन्त्रण हुन्छ भन्ने पुरानो मान्यतामा जानुभन्दा अपराध गर्नेलाई सुध्रन मौका प्रदान गर्ने ढङ्गबाट दण्ड र सजायमा लचकता अपनाउनेतर्फ विचार पुर्याउनुपर्ने तर्क गरेका थिए।

    नागरिकता, सवारीचलक अनुमतिपत्र, मतदाता परिचयपत्र, ज्येष्ठ नागरिक परिपचयत्रजस्ता धेरै परिचयपत्र बोकेर हिँड्नुपर्ने झन्झटलाई अन्त्य गर्न सरकारले नागरिकका सबै वैयक्तिक विवरण उल्लेख गरिएको राष्ट्रिय परिचयपत्र बनाउने अवधारणा अघि सारेको हो।

    बैठकमा समितिका सदस्य पम्फा भुसाल, दिलेन्द्रप्रसाद बडू, झपट रावल, मीना पाण्डे, रेखा शर्मा, यशोदा गुरुङ, नवराज सिलवाल, प्रेम सुवाल, विजय सुब्बालगायतले भाग लिनुभएको उक्त छलफलमा सांसद देवेन्द्रराज कँडेलले राष्ट्रिय परिचयपत्रसम्बन्धी कानून निर्माणको चरणमा रहेको बेला किन हतारोमा बिना प्रतिस्पर्धा परिपचयपत्र छाप्न विदेशी कम्पनीलाई जिम्मेवारी दिइयो भनी गृहमन्त्रीसँग जवाफ माग गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij