सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अख्तियार प्रमुखको नाममा सुसाइड नोट, मालपोत कर्मचारीले गरे आत्महत्या

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • भ्रष्टाचार मुद्दामा नाम जोडिएपछि निलम्बनमा परेका कलंकी मालपोत कार्यालयका एक पूर्वकर्मचारीले आत्महत्या गरेका छन् ।

    भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले अख्तियार प्रमुखको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेका हुन् ।

    आफ्नै गृहजिल्ला उदयपुरको त्रियुगा नगरपालिक ९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् । सोही नगरपालिका १० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए।

    मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनीमाथि आरोप छ । उनलेसुसाइड नोटमा अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उल्लेख गरेका छन ।

    यस्तो छ, सुसाइड नोट

    ‘मेरो नाममा पुराण लगाउने काम नगर्नु, नउक्साउनु, मलाई सबैले नराम्रो देख्लान्। तर, पारिवारिक वातावरण मिलाउन सकिनँ। कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो। गल्ती स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ। ममीले छोराहरूसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु। म विदा भएँ। खातामा पैसा छ। श्रीमती केही जान्दिन। साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु ।”

    ”कान्छो छोराको ब्याचलर सकेको हेरुलाँ भनेको थिएँ, सकिनँ, पापी भएँ। वाणिज्य बैंक, नेपाल बैंक, एनसिसी बैंक, एनआइसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो ब्यागमा छ। अन्यमा पैसा भए पनि कमै छ” त्यसअघि उनले लेखेका छन, ‘वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनु। आमा, साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु।सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन । तर म देशको ठूलो भ्रष्टचारी भएँ” प्रहरीका अनुसार मृतक आर्चायको सुसाइड नोटमा अगाडि लेखिएको छ, ‘अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस । मजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु । गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु।’  नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्वकोषाध्यक्षसमेत रहेका आचार्यले लेखेका छन्, ‘संगठनका साथीहरूले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला ।” २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका आचार्यले अन्तमा लेखेका छन्, ”आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरिदिन आग्रह गर्दछुु,” भनेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij