आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक युवाले ससुराली गएर श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

    भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरेका हुन्।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री घाइते भएका छन्।

    घाइते सबैलाई जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी अञ्चल अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको छ। लुम्बिनी अस्पतालमा उपचार हुन नसकेपछि चितवन लगिएको प्रहरी निरीक्षक खत्रीले बताए।

    खत्रीका अनुसार सोमबार राति सवा आठ बजे कालो लुगा र नकावसमेत लगाएर घर्ती ससुराली घर पुगेका थिए। घरमा अन्य कोही नभएकाले घर्तीले लगालग खुकुरी प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक खत्रीले बताए।

    घटना गराएपछि घर्ती फरार भएका छन्। उनले घटनापछि फेसबुकमा स्टाटस राख्दै सासुआमाका कारण आफ्नो घरबार बिग्रेको आरोप लगाएका छन्। ‘श्रीमान र श्रीमतीबीच झगडा भइरहने गरेको र श्रीमती केही दिनबाट माइत बस्दै आएको बुझिएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने, ‘झगडाको दोष सासुआमालाई लगाएर उनले त्यसैको रिसमा घटना गराएको देखिन्छ।’

    झगडा हुनुको कारण स्पष्ट खुलिनसकेको खत्रीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। फरार घर्तीको खोजीका लागि चारैतर्फ प्रहरीले सतर्कता बढाएको खत्रीले बताए।

    घाइतेमध्ये श्रीमती गीताको अवस्था चिन्ताजनक छ। आक्रमण रोक्न खोज्दा उनलाई बढी चोट लागेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij