शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

नारायणगढमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • २८ साउन, चितवन । नारायणगढको लायन्सचोकमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु भएको छ । मृतक पैदलयात्री भरतपुर ११ जागृति चोकका २६ वर्षका रोशन सिलवाल रहेको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति साढे १० बजे लायन्सचोकमा भरतपुरको चौबिसकोठीबाट नारायणगढ पुलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ९२२ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो ।

    ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा एक घण्टापछि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    सोही स्थान नजिकै एक साता अघि पनि रातीको समयमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology