शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

पोखराको न्युरोडमा भीषण आगलागी

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • पोखरा : न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन।

    आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology