सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

पोखरामा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति १४ महिनापछि पक्राउ

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • पोखरा । पोखरा महानगरपालिका एघार वटा वडा कार्यालयहरुमा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति १४ महिनापछि पक्राउ परेका छन् ।

    काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापालाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

    एक वर्षको अवधिमा उनले महागरका १२, १५, १४, ११ २९, ५, १३, १६, १९, ३१, २५ र अन्तिममा ६ नम्बर वडा कार्यालयको कम्प्युटर चोरी गरेका थिए ।

    उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् ।

    पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटे लगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

    काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतलाई पाकिस्तानी मन्त्रीको चेतावनी– औंला उठाए हात भाँचिदिन्छौं
    जापानमा नेपाली युवतीद्धारा आत्महत्या
    शान्ति सुधा स्कुलले यसरी गर्यो तीज मिलन(कार्यक्रम)भिडियो सहित/Shanti shudha school ghorahi dang
    उद्योग बाणिज्य टोल बिकास संस्था नारायणपुर दाङ्ले यसरी गर्यो तीज मीलन कार्यक्रम भिडियो सहित
    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology