प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६
टिकाराम ओली, काठमाडौं । बाच्नलाई मुस्किल बनाउने र मोर्नलाई बाध्य बनाउने, तिमि सबैको प्रिय मान्छे हो भन्दा अचम्म लाग्यो, मान्छे मरेको छ । अपराधीलाई छानबिन गर्नुको साटो यहाँ बचाउका आवाजहरु कुर्लेका छन् । मिडियाको हेटलाईनमा सत्यतथ्य छानबिनको आवाज भन्दा पनि-“यहाँ अपराध लुकाईदिने कर्तुत धन्दा ! सत्यको भन्दा पनि दाम,हराम, नाम हराम र चर्चा चलाम जस्ता धारण र गति बढेको छ ! आफुलाई सचेत नागरिक ठान्नेहरुको टिप्पणीले माइक्रोफोन जता बलियो छ । त्यसैलाई बचाउको लस्कर लाम लागेको छ । आलोचना र विमति सहन नसक्नेहरुले लेख्दै नलेख्नु,बोल्दै नबोल्नु,अनि नलेखेपछी नबोलेपछि कसले विमति र आलोचना गर्छ र ? न्याय हराएपछी झुटले जितेपछि सत्य डराउन पर्ने ? असत्यहरु सत्यको शत्रु हुनुपर्ने ।
सत्यबोल्न निषेध भएर असत्यहरुको आवाजले देखेको सपनाले कसैले आत्महत्या सम्म गर्न पुगेपछि रवितन्त्र जिन्दवाद भन्नेहरुले पनि घटनाको सत्यतथ्य छानबिनको किन माग गर्न नसक्ने ? देशको संविधान र कानुनले दाेषिलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ भनेर किन भन्न् डराउने ?
हामी मानव समाजको कल्पना गरेका छौ भन्ने कसैले आत्महत्या कसैको कारणले भएको हो भन्ने त्यो मान्छे बचाउको बफादार भै रहनु झनठुलो अपराध हो । सचेत नागरिकको चिन्ता सत्यतथ्यमा हुनुपर्छ । कसैको बोलिको पनि त्यति विस्वास नहोस् । सज्जनले न्याय मागिरहेको बेला ! दुष्टहरुको विस्वासले फ़ेरि त्यो घटना घट्ने छ, त्यसतर्फ पनि सचेत हुने कि ?
तपाईंहरुको सकारात्मक आलोचनालाई हृदय देखी ग्रहण गर्नेछु । बिरोध,समर्थन,चर्चा र परिचर्चा ! यथार्थमा गराैं । चर्चामा आउनको लागी मैले यो लेखेको विषय होईन । चर्चाकै लागी भए धेरै मिडिया र you tube च्यानलहरुले जहिल्यै बोलाउनु हुन्छ । चर्चा कै लागी भए लेख्ने तरिका र सब्दमा पनि फरक हुन्थ्यो । मलाई त्यो असत्य चर्चामा पुगेर ओरालो झार्ने नेपाली मिडिया र हाम्रो चेतनाको बुझाइ राम्रो संग थाहा छ । जजसको प्रिय मान्छे भएपनि त्यहीँ प्रिय मान्छेको कारण कसैले संसार नै छोड्नुपर्ने भए तपाईको प्रिय मान्छेलाई मुर्तिमा सजाई रहनु भन्दा पनि गल्तीको महसुस गराउनु जायज होला।।।।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij