प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६
दाङको लमही स्थित एक फर्निचर उद्योगमा गयराति आगलागी भएको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ट फर्निचर उद्योगमा आगलागी हुँदा करिब ६५ लाख बराबरको क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले बताए ।
विद्युत सर्ट हुँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणको लागि लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरी लागि परेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij