आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६



  • काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ।

    महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार उनीहरु विगत एक वर्षदेखि नै लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए।

    महिलाले प्रहरीमा दिएको बयानअनुसार शनिबार राति करीब १०ः३० बजे उनी मदिरा पिएर कोठामा आएका थिए। प्रेमिकासँग झण्डै ४५ मिनेट भनाभन भएको थियो। एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पासो लगाइसकेका थिए। त्यसो नगर्न भन्दाभन्दै आफूलाई हिर्काएर पछारेको र एकछिनपछि उठेर हेर्दा पासो लगाएको देखिएको प्रहरीसँग ती महिलाले भनेकी छिन्।

    “त्यसपछि महिलाले सलको पासो काटेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्को कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो।” महिलाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक सुवेदीले भने। अन्ततः ठगुन्ना बाँचेनन्।

    श्रीमान् छाडेर बसेकी ती महिला मजदूरी गर्दछिन्। घटनाबारे जानकारी प्राप्त भएपछि राति १ः१५ बजे प्रहरी घटनास्थल पुगेको थियो। ठगुन्ना स्वयम्भू वृत्तमा विसं २०७० देखि कार्यरत थिए। ती महिलालाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij