आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेती नदीमा बगेर बालिका बेपत्ता

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६



  • सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन् ।

    आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन् ।

    उनको नेपाल प्रहरी, दिपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेको उनले बताए ।

    पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको दिपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए ।

    सेती नदीमा गएको वैशाखयता बगेर आठ बेपत्ता भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij