सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६



  • युएई। वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका झापा जिल्लाको अर्जुनधारावासीहरुले आफ्नो नगरका एक मृगौलारोगीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।

    झापा अर्जुनधारा ९९ का रमेश लोहार सेल भाइरलका कारण दुबै मृगौलारोगबाट पीडित रही उपचारको क्रममा रहेका कारण परदेशबाट सहयोग जुटाएको सहयोग संकलन अभियानका संयोजक दीपक बस्नेतले जानकारी दिएका छन्।

    कमजाेर आर्थिक अवस्थामा रहेको लोहर परिवार उपचारको सिलसिलामा आफ्नो जायजेथा सकेर जीवनको रक्षाका लागि सहयोगको याचना गर्दै ‘रमेश बचाउ अभियान’ स्थानीय तहबाट सुरुवात भएको अवस्थामा युएईमा सोही एरियामा घर भएका परोपकारीहरुको पहलमा धेरथोर आर्थिक संकलन गरेर ३७ हजार ३ सय ६९ नेपाली रुपैयाँ सहयोग गरिएको अभियानका सहसंयोजक गोपाल पौडेलले बताएका छन्।

    रमेशको स्वास्थ्य उपचारमा सहयोग हुने र मानवीय सेवाका साथै सामाजिक सद्भाव कायम रहने भनी रोजगारका सिलसिलामा युएईमा कार्यरत अर्जुनधारा नगरवासीहरूले आफ्नो कर्तव्य तथा दायित्व सम्झी यो अभियान चलाएको अबुधाबीमा रहेका यस अभियानका सहसंयोजक प्रमोद लुइँटेलले जानकारी दिए्।

    सहयोग संकलनका क्रममा युएई अर्जुनधारा प्रवासी परिवारको अवधारणा विकास भएको र आफ्नो गाउँठाउँको विकास र सहयोगको लागि सम्बन्धित एरियाका मानिसहर एकता, सहयोग र सहकार्यको मार्गमा रहनुपर्ने धारणा बिकास भएको अभियानकी सक्रिय सदस्य कमला पाण्डे मैनालीले बताइन् ।यो सहयोग संकलन अभियानमा झापाली समाज युएई र एनआरएनए युएईमा आवद्ध लगायतको अर्जुनधारावासीहरुको उल्लेख सहभागिता रहेको अभियानका अभियन्ता गोपाल पौडेलले अनुभव सुनाए।

    उक्त रकम सहसंयोजक शर्माकी श्रीमती इन्दिरा सन्जेल र गोपाल पौडेलको दाजु मोहन पौडेलले बिरामीको दिदी पार्बता पारु लोहारको हातमा रमेश बचाउ समितिका अध्यक्ष, सचिव लगायतको समुहको उपस्थितिमा भदौ २ सोमबार हस्तान्तरण गरिसकेको जानकारी युएईका संयोजक दिपक बस्नेतले जानकारी दिएका छन् ।

    परदेशमा बसेर पनि घरदेशको समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग गर्नुहुने सबै मनकारी दाताहरुलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिदै बिरामीकी दिदीले यो सहयोगका कारण उपचार प्रक्रियामा धेरै सहयोग पुगेको प्रतिक्रिया दिएकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij