सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपाल प्रहरी श्रीमती संघको वार्षिक स्मारिका ‘सहचरी’ विमोचन

  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६



  • काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती सङ्घको ३५ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।

    उक्त समारोहमा प्रहरी महानिरीक्षक खनालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गरे।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले संघलाई निरन्तर रुपमा उल्लेखनीय सहयोग गर्ने प्रहरी कर्मचारी तथा सेवामूलक कार्यमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै संघबाट प्रकाशित वार्षिक स्मारिका ‘सहचरी’ को विमोचन समेत गरे।

    सो अवसरमा सेवाभावले स्थापित संघले समाजिक सेवामा पुर्याउँदै आएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संघले थप जनमुखी कार्य गर्दै अझ बढी योगदान पुर्याउने विश्वास लिएको बताए।

    समयसँगै संघको भूमिकामा समेत परिवर्तन आउनुपर्ने जोड दिँदै प्रहरी महानिरीक्षक खनालले महिला हिंसा एवम् महिला तथा बालबालिकाबिरुद्ध हुने अपराध न्यूनीकरण गर्न र लागूऔषध दुर्व्यसनीलाई सहि मार्गमा ल्याउन संघले खेलेको भूमिका सबैको मन मनमा पुग्नुपर्ने बताए।

    साथै राष्ट्र र नागरिक सेवामा समर्पित प्रहरीले सामना गर्नुपर्ने कठिन परिस्थितिलाई सहज बनाउन परिवारले दिएको योगदानको उच्च प्रशंसा गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक सेवाका कार्य हरेक पीडितको दिलमा बस्न सके सफल हुने उल्लेख समेत गरे।

    उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष प्रमिला खनालले २०७५ सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रछात्राहरु तथा प्रहरी कार्यालय सहयोगीका सन्ततीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

    समारोहमा संघकी अध्यक्ष खनालले संघले प्रकोप पीडितलाई सहयोगी हात र आश्रय उपलब्ध गराएको र विविध दुर्व्यसन र कुलततर्फ लागि बाटो बिराएकालाई पुन सही मार्गमा ल्याउने आधार बनेको उल्लेख गर्दै आसरा सुधार केन्द्रलाई धरानको पानबारी र काठमाडौंको तिलगंगामा थप विस्तार गरेको जानकारी गराइन्।

    नेपाल प्रहरीले संचालन गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा सामाजिक अपराध र विसंगति समाधानको लागि जनचेतना जगाउन अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष खनालले उक्त अवधारणामा संघले समेत सकृयताका साथ सहभागिता जनाउने बताइन्।

    साथै संघले यस वर्षबाट प्रदेश प्रहरी विद्यालयहरुका प्रहरी कर्मचारी तथा अमर प्रहरीका सन्ततीहरु मध्ये उत्कृष्ट विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्य सुरु गरेको समेत उनले बताइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij