सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पहिरोले घर पुरिँदा वृद्धको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • पर्वत, भदौ ५ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट, बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बृद्धको मृत्यु भएको छ ।

    बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । राति घरमा सुतेकै अवस्थामा घर भत्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    पहिरोले पुरिएर बेपत्ता भएका चालिसेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजतलास गर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार सिरक ओढेर सुतेकै अवस्थामा उनलाई पहिरोले पुरेको थियो ।

    श्रीमान–श्रीमतीमात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुरकी श्रीमती छोरी भेट्न गएकी थिईन् ।

    चालिसेका दुई छोरा र चार छोरी छन् । छोरीहरुको बिहेवारी भइसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij