प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६
काठमाडौं । लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टेरनेसनलको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । गर्भनर अनुराधा कोइरालाको प्रमुख आतिथ्यिमा भएको कार्यक्रममा विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लवका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कोइरालाले लायन्स क्लव समाज लागी निकै राम्रो भएको बताउनु भयो । उहाँले महिला र बालबालिकाको समस्या अहिले प्रमुख भएकाले पपहिला यसको समाधान भए अन्य समस्याहरु समाधान आफै हुँदै जाने जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै कोइरालाले रजस्वलाको पितृसतात्मक सोचको खण्डन गर्दै त्यस विरुद्ध आवाज उठाउने बताउनु भयो ।कार्यक्रममा लायन गनिका गुरुङ्गले लायन्स क्लब काठमाण्डौ कृयटिभ युथ का नव अध्यक्ष अनिल बुर्जा मगरलाइ पद हस्तान्तरण गर्दै स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा समाजमा टेवा पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा पत्रकारिता क्षेत्रबाट इमेज च्यानल टेलिभिजनका वरिष्ठ पत्रकार दिपक श्रेष्ठ मगर्स क्रीयसन प्रा लि तथा टेलिभिजनका सिइओ आर्शिवाद पुन मगरलाइ सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सम्मानीत भएपछि बोल्दै गायक आनन्द कार्कीले लायन्स क्लवले समाजका लागी राम्रो काम गर्दै आइरहेको बताउनु भयो ।
कार्यक्रममा इन्सटलीङ अफिसर लायन्सका इन्द्र खत्रीले क्लवमा विभिन्न क्षेत्रबाट प्रवेश गरेका नयाँ सदस्यहरुलाई स्वागत एवम सपथ ग्रहण गराइएको थियो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij