सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम अन्योलमा

  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६



  • काठमाडौं, भदौ १० । गएको साउन १ गतेदेखि नै देशभरका सबै सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गर्ने भनिएको कार्यक्रम अन्योल बनेको छ ।

    कस्तो प्याड वितरण गर्ने र कसरी गर्ने भन्ने पूर्वतयारीविना नै कार्यक्रम ल्याएपछि लागू गराउन समस्या देखिएको हो ।

    सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशभरका सबै सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने घोषणा गरेको थियो । सोअनुरुप बजेटसमेत विनियोजन भयो ।

    सरकारको यो कार्यक्रमले अब छात्राहरुका लागि केही राहत हुने अनुमान गरिएको थियो ।

    तर, हाल कार्यक्रम कसरी लैजाने, कस्तो प्याड वितरण गर्ने भन्ने अन्योल देखिएको छ ।

    परिवार कल्याण महाशाखाअन्तर्गत्को परिवार योजना प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले कार्यक्रम कसरी लैजाने भन्ने छलफलकैक्रममा रहेकाले साउन १ गतेदेखि कार्यक्रम लागू गर्न नसकिएको बताइन् ।

    स्वास्थ्य मन्त्रालयले कुहिने र वातावरणलाई असर नगर्ने प्याडमात्र वितरण गनुपर्ने अडान लिएको छ ।

    तर, नेपाली बजारमा पाइने सेनेटरी प्याड भने नकुहिने कच्चापदार्थ प्रयोग गरेर निर्माण गरिएका छन् ।

    प्रधानमन्त्री कार्यलयले जतिसक्दो छिटो यो कार्यक्रम लागू गराउन जोड दिएको छ ।

    तर, स्वास्थ्य मन्त्रालयले कुहिने प्याडमात्र वितरण गर्ने अडान लिएका कारण कार्यक्रम लागू हुन नसकेको शाखा प्रमुख अर्याल बताउँछिन् ।

    देशभरका २० हजार सामुदायिक विद्यालयमा झन्डै १४ लाख ५० हजार छात्रामा यो कार्यक्रम लागू गराउनुपर्ने हुन्छ । जसका लागि सेनेटरी प्याडमात्र खरिद गर्नमात्र वार्षिक दुई करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    सरकारले हाल प्रत्येक स्थानीयत तहमा पहिलो चरणका लागि ४०/४० हजार रुपैयाँ रकम पठाइ खरिद गर्ने जिम्मेवारी भने स्थानीय सरकारलाई दिने निर्णय भएकोसमेत अर्यालले बताइन् ।

    तर, रकम नै विनियोजन भइसक्दा पनि कार्यक्रम लागू गर्ने भन्नेबारेको अन्योल भने कायमै रहेको अर्यालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij