सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पर्वतमा बस दुर्घटना, पाँच जना घाईते

  • प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६



  • पर्वत । पर्वत जिल्लाको कुस्मा नगरपालिका–२ छमर्केबाट बागलुङ जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् ।

    ग१ख ८२५२ नम्बरको बस पर्वतको नयाँपुलमा विहान करिब साढे ८ बजे दुर्घटना भएको हो । बस अनियन्त्रित भई सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    दुर्घटनामा चालक कुश्मा नगरपालिका–२ छमर्केका २५ वर्षीय श्याम खड्का, सोही स्थानका यात्रुहरु याम शर्मा, सविता शर्मा उनकी डेढ वर्षकी छोरी सविना शर्मा र बागलुङ नगरपालिका–७ ढिकीचौरका प्रेम शर्मा घाइते भएका हुन् ।
    \https://youtu.be/C322qU3Cj_A

    घाईतेहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको ट्राफिक प्रहरी पर्वतका प्रमुख रामबहादुर भट्टले जानकारी दिए । पोखरा जानका लागि रुट पर्मिट लिन बागलुङ जाँदै गरेको अवस्थामा बस दुर्घटना भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij