आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ललितपुर क्षेत्रको वाग्मती सफाइको नेतृत्व महानगरले लिने

  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६



  • Volunteers participating in the Bagmati clean-up campaign, in Kathmandu, on Saturday, May 7, 2016. Photo: THT

    काठमाडौं । वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ।

    वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागितासमेत जुटाएर सफाइ अभियान चलाउने प्रतिबद्धता जनाए।

    नदीमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने गरी तयारी गरिरहेको जानकारीसमेत उनले दिए। सफाइमा २२ संस्थाका ५०० भन्दा धेरै अभियानकर्मीको सक्रियता थियो।

    आजको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए।

    सफाइमा पूर्वराजदूत किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, अधिकारसम्पन्न वाग्मतीका आयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश महर्जनलगायतको सक्रियता थियो।

    सफाइका अवसरमा नेपाल नदी संरक्षण संस्थाले थापाथली पुलबाट सुन्दरीघाटसम्म जलयात्रासमेत चलाएको थियो। संस्थाले वाग्मती सफा बनाउन उद्देश्यले दुई दशकअघिदेखि वाग्मतीमा जलयात्रा गराउँदै आएको अध्यक्ष मेघ आलेले बताए।

    मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २९१ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गर्यो। शुक्रबार गोकर्णे औँशीका अवसरमा जम्मा भएका लाखौँ भक्तजनले गरेको फोहर व्यवस्थापन गर्न मन्दिर परिसरमै सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई बताए।

    कुहिने फोहरलाई गत वर्ष मन्दिर क्षेत्रमा राखिएको कम्पोष्ट विनमा राखिएको थियो। नकुहिने फोहर भने गोकर्णेश्वर नगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो।

    मन्दिरमा लागेको मेलामा साढे तीन लाखभन्दा बढी भक्तजनको भीड लागेकाले फोहर सफाइ गर्न कम्तीमा एक हप्ता लाग्ने मञ्चले जनाएको छ। गत वर्ष गोकर्णे औँशीको अवसरमा यो क्षेत्र सफा गर्न डेढ हप्ता लागेको थियो। यस वर्ष भक्तजनले विगत वर्षमा भन्दा कम फोहर गरेकाले एक हप्तामै सकिने जनाइएको छ।

    विष्णुमती सफाइको २५६औँ हप्तामा टोखा नगरपालिका वडा नं ९ र १० क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए।

    वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको १३९औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी १३४ जनाको सहभागितामा कार्यक्रम गरियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले बताए।

    मनोहरा नदी सफाइको १२८औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले बताए। सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालले नदीमा फोहर फाल्नेलाई स्थानीय सरकारले कडा कारवाहीको व्यवस्था गर्न लागेको सुनाइन्।

    चक्रपथ सफाइ २०७१ ले आज वाफलबाट कलङ्की क्षेत्रमा १०८औँ हप्ताको सफाइ गरेको थियो। झरी परिरहेका बेलासमेत जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।

    यसैगरी प्रत्येक हप्ताको आइतबार सफाइ हुँदै आएको ललितपुरको गोदावरी नदीको कार्यक्रम पनि आजदेखि शनिबार नै गरिएको संयोजक बेबी राजभण्डारी थापाले बताए। २६औँ हप्ताको आजको सफाइ महालक्ष्मी नगरपालिकाको वडा नं ६ र ८ बाट गोदावरी नगरपालिकाको वडा नं १४ सम्म गरिएको थियो।

    नेपाल प्रहरीसमेतको सक्रियतामा भएको सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो। कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ का अध्यक्ष क्रमशः विश्वराज श्रेष्ठ र वासु शर्माले नदी किनारमा नफाल्न आह्वान गरेका थिए।

    यसैगरी आज चक्रपथको उत्तरखण्ड र आलोकनगरमा १२७औँ हप्ताको सफाइ गरिएको थियो। रुद्रमती, तिलगङ्गा र गुह्येश्वरी क्षेत्रको वाग्मतीमा पनि सफाइ अभियानलाई निरन्तरता दिइएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij