आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दर्शनका लागि पशुपतिमा विशेष व्यवस्था, ७ लाखले दर्शन गर्ने अनुमान

  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६



  • काठमाडौं। हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाइरहेका छन्।
    रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका हुन्।

    तीजको दिन व्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका हिन्दु नारीहरुले यस वर्ष दर्शनका लागि पशुपति क्षेत्रका विशेष व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन्।

    वृद्धा आमाहरुले पनि विगत वर्षहरुमा भन्दा यस वर्ष पशुपतिनाथ दर्शनका लागि सहज भएको प्रतिक्रिया दिएका छन्। उनीहरुले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरेर फलफूल र पानी खाएर तीजको ब्रत बसेको पनि बताएका छन्।

    पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेबाटै दर्शनका व्यवस्था मिलाइएको जनाएको छ। कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बिहान ३ बजेदेखिनै दर्शनार्थीहरुले लाईन बसेको पशुपतिनाथको दर्शन गरी बाहिर परिसरमा आएर नाचगान गरिरहेको जानकारी दिए। कोषले यस वर्ष करिव ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको बताएको छ।

    तीजको अवसर पारेर सुरक्षाको उचित प्रबन्ध गर्न पशुपतिनाथ क्षेत्रमा करिव ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। चार वटै सुरक्षा निकायबाट परिचालन गरिएका सुरक्षाकर्मीहरुले हरेक लाईनमा बसेर सुरक्षा दिइरहेका छन्। उनीहरुले वृद्धा, अशक्त दर्शनार्थीहरुलाई पशुपतिनाथ मन्दिरमा दर्शन गराउने काम गरिरहेका छन्।

    दर्शनार्थीहरुलाई सहज ढंगले पशुपतिनाथको दर्शन गराउन स्वयम सेवक पनि परिचालन गरिएको छ भने स्वास्थ्य शिविर तथा खोज खवर शिविरको पनि व्यवस्था गरिएको छ। विगत वर्षहरुमा भन्दा यस वर्ष तीजमा पशुपतिनाथमा दर्शनार्थी बढेको पनि पशुपति क्षेत्र विकास कोषको दावी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij