प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६
रमेश कुमार महत सामाखुशी, काठमाडौ । हरितालीका तिजको अन्तिम दिन आज ऋषि पंचमी तथा मंगल चतुर्थीको दिन हो,पहिलो दिन दर खाने,दोश्रो दिन हरितालीका तिजको दिन ब्रत वसी भगवान महादेवको पुजा अर्चना गरिन्छ ।
आजको दिन सप्तऋषिको पुजा गरि हरितालीका तिजको ब्रत समाप्त गरिन्छ।काश्यप,आरती,भर्गदोज,विश्वामित्र,गौतम, जमदग्नी र वशिष्ठ ऋषीहरुको पुजा गरिन्छ।
ऋषि पन्चमी महिलाहरुको शुद्दिकरण सम्बन्धि विषय पनि हो।महिलाहरुको रजश्वला वा महिनावारी प्राकृतिक नियम हो, यो वंश बिस्तार सृष्टि संग सम्वन्धित विषय हो,यस समयमा आराम गर्ने र शुद्दब स्ने वैदिक सनातन हिन्दु परम्परा हो, पछि छुवाछुत संस्कार संग जोडियो जसको कारण छुवाछुत जस्तो विभेद र छाउपडी जस्तो गलत परम्पराको शुरुवात गरियो, जसको अन्त्य हुनु जरुरि छ।
आजको दिन महिलाहरुले उपमार्ग(रोग नासक)दतिवनले ३६५ पटक प्रयोग गर्ने र माटो (हरेक दृष्टिकोणले शुद्द र उपयोगि वस्तु)ले स्नान गर्ने चलन छ।
स्नान पछि पंन्चगाव्य (दुध,दहि,घ्यू,दुवो,कुस र गोवर) तामाको भाडामा राखी सो सेवन गरी शुद्द हुने परम्परा छ।
वैदिक सनातन हिन्दु परम्परा अनुसार हाम्रो रितिरीवाजको सहि प्रयोग गर्नु आजको आवश्यकता हो । ऋषि पंचमी तथा मंगल चतुर्थीको शुभकामना !
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij