सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रविले श्रीमतीलाई सोधे –‘म विदेश हुँदा तिमी किन पिल्स खान्थ्यौ?’ श्रीमतीले आत्मह*त्या गरिन्

  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६



  • काठमाडौं। धादिङका एक युवकले श्रीमतीसँग आफूलाई मनमा लागेको शंकाबारे सोध्दा श्रीमतीले आत्मह*त्या गरेकी छिन् । युवक आत्मह*त्या दुरुत्साहन अभियोगमा चितवन जेल पुगेका छन् । धादिङको छेपाङ गाउँका रवि रने सेढाइ अहिले चितवन कारागारमा बसेर आत्मह*त्या दुरुत्साहन मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

    जनआस्था साप्ताहिकको समाचार अनुसार रवि केही वर्ष अघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए । रविले मलेसियाबाट मेहनतको कमाइ पत्नीलाई पठाइरहे । तर, फर्किएर आउँदा कमाइ केही पनि बाँकी थिएन । रविलाई आफ्ना आमाबाबुले पो त्यो रकम खर्च गर्थे कि भनेर चितवन भण्डारामा पिप्लेमा गएर सोधिखोजी गरे । आफूले पठाएको रकमबारे पत्नीलाई सोधे, खोजे, जबाफ पाएनन् ।

    त्यही बीचमा रविले अर्को सूचना पाए – उनी विदेश हुँदा उनकी पत्नीले गर्भनिरोधक चक्की पिल्स खान्थिन् । त्यसपछि उनले यसबारे पत्नीलाई सोधे । सम्भवतः आफ्नो अवैध सम्बन्धको पोल खुलेपछि त्यही कुराले पीडा भएर नारायणीको तीरमा पत्नीले आत्मह*त्या गरिन् । यही कारण रवि चैतदेखि आत्मह*त्या दुरुत्साहन मुद्दाको पुर्पक्ष अन्तर्गत कारागारमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij