सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काभ्रेकाे घटनाः मागी विवाह भएकाे चार महिनामैँ बच्चा जन्मिएपछि…

  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६



  • ०७६ वैशाख ४ गते मण्डन देऊपुर नगरपालिका–४ महादेवस्थानका राजन बज्रगाईँले बनेपा नगरपालिका नालाकि रुपा (परिवर्तित नाम) सँग मागी विवाह गरे । आफ्नो गच्छेअनुसार राजनले धुमधामसँग विवाह गरे । विवाहपछि उनीहरूको जिन्दगी राम्रैसँग चल्दै थियो ।

    तर, गएको भदौ १९ गते राजनको जीवनमा निकै आश्चर्यचकित घटना घट्यो । मागी विवाह गरेको ४ महिनामै बच्चा जन्मियो । विवाहअघि कहिल्यै नभेटिएकी रुपाबाट बच्चा जन्मिएपछि उनी झसकिए । बच्चा जन्मनु अघिसम्म पनि श्रीमति गर्भवति भएको उनले थाहा पाएनन् । श्रीमतीको शारीरिक अवस्था परिवर्तन हुँदै गएपछि राजनले शंका गर्न भने सुरु गरिसकेका थिए । तर, अचानक रुपा गत बिहीबार विरामी पर्छिन् । विरामी श्रीमतीलाई लिएर उनी बनेपाको शिर मेमोरियल अस्पतालमा पुग्छन् ।

    अस्पतालले उनी गर्भवति रहेको बतायो । रुपाले त्यहीँ आफ्नो सन्तानलाई जन्म दिइन् । मागी विवाहको चार महिनामै सन्तान जन्मेपछि राजन खुसी होइन अत्यन्त चकित खान्छन् । त्यसपछि उनले रुपालाई यसविषयमा सोधपुछ गर्दछन् । सोधपुछ गर्नेक्रममा रुपाले विवाहपूर्व आफ्नो प्रेमी रहेको जानकारी गराउँछिन् ।

    रुपाका अनुसार सिन्धुली जिल्ला दुम्जा घर भएका पुस्कर पुलामी मगरसँग उनी विवाहपूर्व सम्बन्धमा रहेकी थिइन् । मगर भने विवाहित रहेको खुलेको छ । घटनाको सबै जानकारी लिएपछि राजन इलाका प्रहरी कार्यालय बनेपामा पुगेर मगरविरुद्ध उजुरी दिएका छन् ।

    उनले रुपालाई जबरजस्ती करणी गरेको भनेर उजुरी दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख निरञ्जन भट्टराईले बताए । ‘आइतबार अचम्मको जाहेरी दर्ता भएको छ । हामीले उजुरीको आधारमा पुलामीलाई पक्राउ गरी म्याद थपसमेत गरी अनुसन्धान गरिरहेका छौँ’, भट्टराईले भने । अस्पतालका अनुसार अहिले आमा र बच्चाको उपचार जारी रहेको छ । उनीहरूको स्वास्थ्य अवस्था पनि राम्रो रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij