प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६
मेशकुमार महत सामाखुशी काठमाडौ । आज ईन्द्रजात्रा प्राचीनकालमा नेवार सम्प्रदायको वाहुल्यता भएको वस्तीरहेको काठमडौँ उपत्यका मन्दिर शहरले मात्र परिचित छैन,विविध संस्कृति,परम्परा, रितिरिवाजहरु समेत रहेका छन्।
ईन्द्रजात्रा भगवान ईन्द्र आफ्नो आमा वसुन्धरा देविको व्रतकोलागि पारीजातको फ़ुल र कर्कलो लैजान मानवरुपधारण गरि पृथ्वीमा आई लैजान लाग्दा सो वखत तान्त्रिकहरुले तन्त्र साधनाद्वारा ईन्द्रलाई वसमा पारी नियन्त्रणमा लिएका थिए,सो थाहा पाई आमा वसुन्धरादेवि स्वयं पृथ्वीमा उपस्थित भई उपत्यकावासीहरुको (कुहिरो)माग अनुसार कुईरोको माग पुरागरि ईन्द्रलाई साथमा लिई गएको किंवदन्ती रहि आएको छ ।
सोही कुईरोको कारण वालीनाली राम्रो हुने गरेको पनि मानिन्छ । वसन्तपुरको काल भैरव मन्दीर अगाडि लिँगो ठड्याई ईन्द्रजात्रा मनाईन्छ ।त्यसको तिनदिन पछि ईन्द्रचोकमा जिवित देवि कुमारिको पुजा समेत गरिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij