सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मुस्लिम दाजुभाइले ब्राह्मण वृद्धको हिन्दू संस्कारअनुसार जनै लगाएर अन्तिम संस्कार गरे

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३१, २०७६



  • काठमाडौं। पछिल्लो समय देशमा जातीय द्वेष बढिरहेको छ । जाति र धर्मको नाममा मानिसहरु विभाजित भएका छन् । धार्मिक दंगा छिमेकी देश भारतमा अत्याधिक छ । यहाँ अयोध्यामा मुस्लिम र हिन्दूबीचको विवाद सर्वोच्च अदालतले समेत मिलाउन सकेको छैन । तर, त्यही देशमा मुस्लिम दाजुभाइले एक ब्राह्मण वृद्धको हिन्दू संस्कारअनुसार जनै लगाएर अन्तिम संस्कार गर्दै मानवताको अनुपम उदाहरण पेश गरेका छन् ।

    गुजरात राज्यको अमरेली जिल्लाको सवरकुंडला शहरमा तीन जना मुस्लिम दाजुभाइले आफ्ना पिताका साथी, जो ब्राह्मण थिए, उनको हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन् । उनीहरुका ‘अंकल’को नाम भानुशंकर पाण्डे थियो । भानुशंकरको परिवारमा अरु कोही थिएनन् । उनी केही वर्षदेखि मुस्लिम परिवारसँग बस्दै आएका थिए । उनको दाहसंस्कार गर्ने तीन मुस्लिम दाजुभाइ अबु, नसीर र जुबैर कुरैशी हुन् ।

    मुस्लिम परिवार निकै रुढीवादी छ र उनीहरु मजदूरी गर्छन् । उनीहरु दिनमा पाँच पटक नमाज पढ्छन् र आजसम्म कहिल्यै पनि रमजानको उपवास छोडेका छैनन् । पाण्डेको मृत्युपछि उनको दाहसंस्कार गर्न घाटमा गएका यी दाजुभाइलाई हिन्दू संस्कारबारे थाहा थिएन । जुबैरले भने ‘भानुशंकर अंकलको अन्तिम संस्कारको क्रममा हामीले हिन्दू परिवारसँग गंगाजल माग्यौं । हामीले छिमेकीसँग भनेका थियौं कि हामी हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गर्न चाहन्छौं । हामीलाई अर्थी उठाउनको लागि धोती र जनै धारण गर्नु जरुरी हुने बताइयो । हामीले त्यसै गर्यौं ।

    नसीरका छोरा अरमानले चितालाई अग्नी दिएका थिए । नसीरले भने ‘हामी १२ औं दिन अरमानको केश मुण्डन गर्नेछौं किनकि हिन्दू यो संस्कार मान्छन् । यी दाजुभाइका पिताको नाम भिखु कुरैशी थियो । भिखु र भानुशंकरको भेट ४० वर्ष पहिले भएको थियो । भिखुको ३ वर्षअघि मृत्यु भइसकेको छ । नसीरका अनुसार उनीहरुका सन्तान भानुशंकरलाई हजुरबुवा भनेर बोलाउँथे र उनीहरु भानुशंकरको पाउ छोएर आशीर्वाद लिन्थे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij