आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, ३ जना चालक प्रहरीकाे नियन्त्रणमा

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३१, २०७६



  • काठमाडौं । चितवन, धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

    चितवनको भरतपुर महानगरपालिका १ आँपटारीस्थित सडकमा ना १ ज ५२९९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका भ्यानमा सवार माडी नगरपालिका ४ सितलपुर बस्ने २२ वर्षीया निसा नेपालीको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

    म्याजिक भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै धादिङमा पनि एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

    बेनिघाट रोराङ गाउँपालिका ३ स्थित राजमार्गमा बा ६२ प ७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं कपन बस्ने ३२ वर्षीय बिजय नगरकोटीको उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

    मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका १३ खनार सोमबारेस्थित धरान–विराटनगर सडकखण्डमा मंगलबार बिहान को १ ख २७४७ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री मोरङ रतुवामाई नगरपालिका ७ बस्ने ३४ वर्षीय मंगल सिंह दमाईको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

    बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij