प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ८ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ।
बुधबार राती करिव १० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको बताइएको छ । झ्यालको शिशा फुटाएर पेट्रोलको बोत्तल फालेर आगजनी गरिएको वडा अध्यक्ष नारायण बरालले बताए । आगो कसले र किन लगायो भन्ने बारे अनुसन्धान भइरहेको र क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबीच बाजुराको जगन्नाथ गाउँपालिका ३ मोहतीमा रहेको वडा कार्यालयमा आगजनी गरिएको छ । बुधबार राति करिब ९ बजे अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको वडाध्यक्ष डम्मरबहादुर शाहीले जानकारी दिए । आगलागीबाट वडा कार्यालयका सम्पूर्ण कागजपत्र जलेर नष्ट भएका छन् भने वडा कार्यालयका १६ वटा कुर्सी, कम्प्युटर सबै सामान जलेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij