सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कावासोतीको खरकट्टा जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६



  • नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक-आपसमा ठोकिँदा ५ जना यात्रुको ज्यान गएको छ। कावासोती नगरपालिका–८ मा पर्ने पूर्व–पश्चिम राजमार्गमा हिजो राति कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार पाँचै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी (नवलपुर) ले जनाएको छ ।

    प्रहरीका अनुसार, सोमबार राति करिब १० बजेतिर खरकट्टा जंगलमा बुटवलबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र बुटवलतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको हो । ज्यान जानेमध्य ३ जना यात्रु सुरज रानामगर, दिलबहादुर रानामगर र दिपक विकको सनाखत भएको र अन्यको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।

    त्यस्तैगरी नवलपरासीको मध्यविन्दुमा पनि दाङबाट काठमाडौँ आउँदै गरेको यात्रुवहाकबस दुर्घटनाहुँदा एक जनाको ज्यान गएको छ भने १५ जना यात्रु घाईते भएका छन् । नवलपरासीको मध्यविन्दु नगरपालिका –१० मा राति २ बजेति ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी घाईते भएका अन्य १५ जनाको चितवनको पूरानो मेडिकल कलेज र स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij