सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते

  • प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६



  • परासी, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पूर्वी नवलपरासीका तीन छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २३ जना घाइते छन् ।

    नारायणढ–बुटवल सडकखन्डको कावासोती नगरपालिकास्थित खरकट्टा जंगलमा सोमबार राति कार र ट्रक एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ ।

    मृतक सबै कारमा सवार यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक बिक, देवचुली–५ का डिलबहादुर ढेंगामगर र कैलालीको धनगढीका सुरज रानामगर रहेको प्रहरीले जनाएको छ । अरु दुईजनाको सनाखत हुन सकेको छैन ।

    नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ८५३२ नम्बरको ट्रकसित कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा२१च ६४०९ नम्बरको कार ठोक्किएको थियो ।

    दुर्घटनाको समयमा सो स्थानमा हावाहुरीसहित पानी परेको थियो । तीव्रगतिमा रहेको कारले ‘ओभरटेक’ गर्नेक्रममा ट्रकसित ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

    कार पूर्णरुपमा क्षतिग्रस्त भएकाले शव निकाल्न करिब दुई घन्टा लागेको प्रहरीले जनाएको छ ।

    सो ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।

    बस दुर्घटनामा चालकको मृत्यु, १६ घाइते

    यस्तै, मध्यविन्दु नगरपालिकाको अरुणखोला जंगलमा सोमबारै राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

    दाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख ८६४२ नम्बरको यात्रीवहाक बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

    दुर्घटनामा बसका चालक मकवानपुरको हेटौंडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारकाक्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    उक्त दुघटनामा १६ जना घाइते भएका छन् ।

    बस दुर्घटनामा सातजना घाइते

    त्यस्तै, बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना४ख ९५१० नम्बरको यात्रीवहाक बस मंगलबार बिहान चोरमारा–अरुणखोला सडकको ४० किलो भन्ने स्थानमा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

    ती दुवै बस दुर्घटनामा परी घाइते भएकाहरुको नवलपुर, कालीगन्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij