आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसरी एउटा बुलेट मोटरसाइकल बन्यो भगवान, मन्दिर स्थापना गरेर पूजा गर्न थालियो

  • प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६



  • काठमाडौं। इश्वरमा आस्था राख्नेहरुले ढुंगामा पनि भगवानको प्रतिरुप देख्छन् र पूजा गर्न थाल्छन् । तर, भारतको राजस्थानको जोधपुरमा मानिसहरु जुन चीजलाई भगवान मानेर पूजा गर्छन् त्यसको बारेमा थाहा पाउँदा भने तपाइँ आश्चर्यमा पर्नुहुनेछ । यहाँ मानिसहरु एउटा मोटरसाइकललाई भगवान मानेर पूजा गर्छन् । जोधपुरमा यो मोटराइकलको पूजाको लागि मन्दिर पनि बनाइएको छ जहाँ भक्त पुगेर पूजा गर्छन् र आफ्नो मनको इच्छा उसको अगाडि प्रकट गर्छन् ।

    जुन मोटरसाइकललाई त्यहाँ भगवान मानेर पूजा गरिन्छ त्यसको कहानी पनि निकै रोचक छ । जोधपुर हाइवेमा रोहट नजिकै ओम बन्नाको मन्दिर छ । यही मन्दिरमा आरएनजे ७७७३ नम्बरको मोटरसाइकल छ जसको मानिसहरु पूजा गर्छन् । यो मोटरसाइकल ओम बन्नाकै हो । यहाँ प्रचलित मान्यता अनुसार ओम बन्ना नामका व्यक्तिको यही ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनापछि पुलिसले उनको मोटरसाइकल थानामा लिएर गयो ।

    मानिसहरुको दावी अनुसार मोटरसाइकल राती स्टार्ट भएर दुर्घटना भएकै ठाउँमा गएर बस्यो । पुलिसले त्यो मोटरसाइकललाई थानामा ल्याउँथे तर राती फेरि मोटरसाइकल दुर्घटना भएकै ठाउँमा जान्थ्यो । यसबत्राट हैरान भएर पुलिसले मोटरसाइकल कवाडीलाई बेचिदिए । तर, कवाडीकहाँबाट पनि मोटरसाइकल स्टार्ट भएर त्यहीँ जान थाल्यो ।

    यही बीच एक दिन ओम बन्नाकी हजुरआमाले सपनामा आदेश पाइन् कि यसको लागि दुर्घटनास्थलमा मन्दिर बनाएर मोटरसाइकल त्यहीँ राखियोस् । उनले यस्तै गरिन् । त्यसपछि मानिसहरुमा ओम बन्नाको मन्दिरमा गएर पूजा गर्दा आफ्नो इच्छा पूरा हुने मान्यता स्थापित भयो । यहाँ पूजा गर्न आउने श्रद्धालुहरु पनि आफूहरुले मागेको मनोकामना पूरा भएको दावी गर्छन् । यो मन्दिरको हेरचाह ओम बन्नाको परिवारकै सदस्यले गर्छन् । ओम बन्नाको १९८८ को २ डिसेम्बरमा दुर्घटना भएको बताइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij