प्रकाशित मिति : बिहिबार, अशोज १६, २०७६
काठमाडौं । बारा जिल्लाकाे खाली घरमा एकै परिवारका ४ जना सहित ५ जनाको शव फेला परेको छ।
जिल्लाको फेटा गाउँपालिका ४ स्थित एक खाली घरभित्र ५ शव फेला परेको २ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ज्ञान कुमार महतोले बताए।
प्रहरी प्रवक्ता तथा डिएसी महतोले डिसी नेपाललाई दिएको जानकारी अनुसार बुधबार साँझ पौने ९ बजे तिर साेही ठाउँमा शव फेला परेको हो।
फेटा गाउँपालिका ४ बजरामा एकै परिवारका ३५ वर्षीय जोगेन्द्र मुखिया विन, ३० वर्षीय महेन्द्र मुखिया विन, २९ वर्षीया लालमुनीदेबी मुखिया विन र १२ वर्षीया बालिका सोनी कुमारी मुखिया विनको शव फेला परेको बाराका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले जानकारी दिए।
त्यस्तै मुखिया विनकै घरमा पाहुना आएका लालमुनीदेबीका बुवा अन्दाजी ५०/५५ वर्षीय भारतीय नागरिकको शव फेला परेको छ। उनको नाम भने खुलेको छैन।
शव प्राप्त भएको घरमा पहिले रक्सी भट्टी संचालन हुने गरेको प्रहरीको भनाइ छ। प्रहरीको टोली घटना स्थलमा गएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij