प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६
रमेशकुमार महत, काठमाडौ । विधिवत जमरा राखी घटस्थापनाको दिन शुरु गरिएको बडादशै वा नवरात्रको सातौ दिन आज फुलपातीको दिन हो।आजै दशैँको पूजाघरमा जयन्ती, केरा, वेसार(हलेदो), धान, अशोक, दारिम,वेलपत्र, धानको वाला,ऊखु समेत जम्मा गरि साँझको समयमा फुलपाती भित्र्याऊने गरिन्छ ।
१६ औँ सताप्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको तलेजु भवानी मन्दिर बसन्तपुर, हनुमानढोकाको पुजाघरमा गोर्खाबाट ल्याईएको फुलपाती भित्र्याऊने चलन छ।
आजको दिन शक्तिस्वरुपा देवि द्वारा प्रत्येक रगतको थोपामा पुनर्जिवनको वरदान पाएको रक्तविज दैत्य (दानव)को संहार गरेको दिन हो । आजैको दिनमा गाऊँघरमा लिङ्गे पिंग हालिन्छ, जसको कारण बडादशैँको छुट्टै रौनक़ दिन्छ।४वटा टुप्पो नकाटिएको वाँसलाई गाडेर खर र बाबियोको डोरी बाटेर लिङ्गे पिंग गाडिन्छ।दशैँमा एकपटक भएपनि लिङ्गे पिंगमा चढेर भुई छाड्नु पर्दछ, भन्ने परम्परा रहिआएको छ।
आज देखि बडादशैँँको सरकारी विदा हुनेहुँदा विभिन्न काम,ब्यापार, व्यवसायको शिलशिलामा आफ्नो जन्मथलो छाडि अन्यत्र गएका सवैजना आ-आफ्नो जन्मथलो घरमा दशैँ मनाऊन फर्कने दिन पनि हो ।जसको कारणले गाऊँघरमा छुट्टै रमाईलो हुने गर्दछ। बिजया दशमीको उपलक्ष्यमा संपुर्णमा हार्दिक मंगलमय शुभकामना !!!
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij