प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६
काठमाडौँ । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
खचाखच यात्रु बोकेर बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बस करिब ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेकाे र बसलेनै यात्रुहरुकाे किचेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । । दुर्घटनामा ६० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी धुलिखेल अस्पताल पुर्याइएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij