प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६
असोज २४ गते शुक्रबार बिहान उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरू बिहानैदेखि चोभारमा भिड लागेका थिए। बिहान १० बजेदेखि ११ बजेसम्मको साइतमा लोकेश्वरको मूर्तिलाई नवनिर्मित मन्दिरमा प्रतिस्थापन गर्ने तयारी थियो।
पुरातत्व विभागको १ करोड ८० लाखको लागतमा करिब २ वर्षअघि पुनर्निर्माण थालिएको चोभार आदिनाथको मन्दिर जीर्ण भएको र ०७२ सालको भूकम्पले थप क्षति पुगेपछि मन्दिर पुनर्निर्माणको काम थालिएको थियो।
बर्सेनि कार्तिकमा चोभारमा एकमहिने मेला लाग्छ। यस वर्षको मेला यही असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाबाट सुरु हुँदैछ।
पुरातत्व विभागको नियमित प्राविधिक निरीक्षणमा मन्दिर निर्माणका लागि बुंगमती, चोभार र कीर्तिपुर, पाँगाका डकर्मी र सिकर्मीहरूबाट निर्माण गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij