प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६
बुटवल । मंगलवार अपरान्ह बडिगाड खोला र छल्दीखोलाको दोभानमा खोला तर्नेक्रममा दुईजना बगेर बेपत्ता भएका छन ।
३ जना बगेकामध्ये मुसिकोट नगरपालिका ५ कलविरा टोलका ७ वर्षीय किशान विकको स्थानीय र प्रहरीले उद्धार गरेका थिए भने सोही टोलका २१ वर्षीय जीवन विक र ५ वर्षीया बालिका गरिमा विक अझै बेपत्ता रहेका छन् ।
बेपत्ताहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij