सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हलेशी टोलमा भएको आगलागीबाट करिब ५ लाखको क्षति

  • प्रकाशित मिति : बुधबार, अशोज २९, २०७६



  • सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताए ।

    आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको छ । उनको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

    आगजनी गर्ने छ पक्राउ

    अटोरिक्सा आगजनी गरी नष्ट गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–८ का २६ वर्षीय सोनु मण्डलसहित उनका पाँच साथीलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

    कञ्चनरुप नगरपालिका–८ स्थित खत्वेटोल बस्ने बलराम खत्वेको स१ह ३२३४ नंको अटोरिक्सा आगजनी गरेको आरोपमा मण्डलसहित सोही ठाउँका ३२ वर्षीय महनारायण खङ्ग, २३ वर्षीय जयप्रकाश चौधरी, २२ वर्षीय सागर चौधरी, १८ वर्षीय सन्तोष चौधरी र सोही उमेरका रमेश खङ्गलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

    आगजनी गर्नेमा आठ जना संलग्न रहेको जानकारी दिनुहुँदै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले दुई जनाको खोजी भइरहेको बताए ।

    आरोपितहरुविरुद्ध आपराधिक उपद्रवको उजुरी दर्ता गरी कारवाही गरिने उनले बताए । महानवमीका दिन गाउँमै लागेको दुर्गा भवानी मेलामा अटोरिक्साले सामान्य धक्का लागेको विषयमा आरोपित मण्डल र अटोरिक्सा चालकबीच विवाद भएको थियो ।

    सोही झगडाको रिसइबीले दुई दिनपछि घर अगाडि पार्किङ गरी राखेको अटोरिक्सा आरोपितहरुले बाँसको झाङमा लगी आगजनी गरेको अनुसन्धानबाट खुलेको प्रनाउ मिश्रले बताए । रु चार लाख ऋण कर्जा लिई खरीद गरी सञ्चालन गरेको अटोरिक्सा आगजनी भएपछि खत्वेलाई हातमुख जोर्न धौधौ परेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij