प्रकाशित मिति : बुधबार, अशोज २९, २०७६
सागर ओली, दाङ । नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १६(साबिक वडा नम्बर १) मा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सोही वडा निबासी बर्ष ७२ का दामोदर डाँगीको प्रेसरका कारण यहीँ असोज १७ गतेका दिन निधन भएको थियो,उहाँको तेर्हौ पुण्यतिथिका अबसरमा नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १६ (साबिक वडा नम्बर १)का वडा सभापति सुरेश पछाईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस २ ख सभापति कमल प्रसाद गौतम ,प्रमुख अतिथि गौतमले स्वर्गीय डाँगीले समाजमा गरेका समाजसेवाको प्रेरणा लिन सबैलाई सुझाव दिनुभयो ।
त्यसैगरी अतिथि क्षेत्रिय सदस्य रेख बहादुर ओली(देउता)ले स्वर्गीय डाँगी समाजका एक उदाहरणीय ब्यक्तीत्व हुनुहुन्थ्यो, उहाँलाई समाजले सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महिला संघका जिल्ला अध्यक्ष गोमा रावत,समाजसेवी गिर बहादुर बस्नेत र बिकास चौधरीले आ आफ्नो धारणा राख्नुभएको थियो। स्वर्गीय डाँगीका भाई चतुरमान डाँगीले उहाँको जीवनीका बारेमा प्रकाश पार्नुभएको थियो ।
तेर्हौ पुण्य तिथिमा उपस्थित र सुरुवात देखि दु:खको बेला सहयोग गर्ने सबैलाई जेठा छोरा गुरु प्रसाद डाँगीले धन्यवाद दिनुभयो । स्वर्गीय दामोदर डाँगीकी धर्मपत्नी बिष्णु कुमारी डाँगी र छोराहरु गुरु प्रसाद डाँगी,नेब बहादुर डाँगी र हुकुम डाँगीले उहाँको सम्झनामा बागेश्वरीअ ट्रस्टका केन्द्रिय कार्यालय दुधरासमा ५१,५५५-को अक्षयकोष स्थापना गरि केन्द्रिय अध्यक्ष चतुरमान डाँगीलाई हस्तान्तरण गरीएको छ,सो रकमबाट आउने प्राप्त ब्याज असहाय अशक्त र दिर्घरोगीको लागि खर्च गरीने बताईएको छ। कार्यक्रमको सहजीकरण वडा सचिव राजीव पछाईले गर्नुभएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij