आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खुकुरी प्रहारबाट एकको ज्यान गयाे, दुई गम्भीर घाइते

  • प्रकाशित मिति : बिहिबार, अशोज ३०, २०७६



  • मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ जलजलेमा भएको घटनामा स्थानीय ५० वर्षीया महिला सन्तमाया लोको मृत्यु भएको र मृतकका श्रीमान् ५५ वर्षीय कालबहादुर लो र छिमेकी २६ वर्षीया देवीमाया मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    गए राति बकैया गाउँपालिका– ३ जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।

    घाइतेको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गए राति नै हतियारसहित पक्राउ गरिसकेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij