प्रकाशित मिति : बुधबार, कार्तिक ६, २०७६
काठमाडौं । बुधबार बिहान बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको हलचोकमा बिहान ९ बजे बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट नागार्जुन नगरपालिका–३, ठुलो भ-याङ बस्ने ६७ वर्षीया सानुमाया श्रेष्ठको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
यसैबीच, मकवानपुरको बकैया गाउँपालिका–४ तामारखोलामा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बकैया गाउँपालिका–७ अँधेरीका अन्दाजी ५५ बर्षीय कृष्णबहादुर ल्होको मृत्यु भएको हो ।
बिहान साढे ९ बजे हात्तीसुडेबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३, ०३ ००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकको प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij