सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सजिलो छैन शव जलाउन आर्यघाटमा : २५ हजारसम्म खर्च

  • प्रकाशित मिति : बुधबार, कार्तिक ६, २०७६



  • काठमाडौं – बुधबार बिहान एउटा फोटो समाजिक सञ्जलमा देखियो । फोटो थियो पशुपतिनाथको मन्दिर परिसर आर्यघाट छेउमा झुन्डाइएको कालो ब्यानरको । जसमा लेखिएको सुचना थियो, ‘कामदारहरुको माग पूरा नभएको हुँदा २०७६ कार्तिक ६ गते बिहान ६ बजेदेखि माग पूरा नभएसम्म अनिश्चित कालसम्म सवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने कामहरु सबै बन्द रहनेछ । हाम्रो माग पूरा नहुन्जेलसम्मको लागि सर्वसधारहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्राथी छौँ । घाट सेवा केन्द्रका सम्पूर्ण कामदारहरु’ ।

    ९ वर्षदेखि शव जलाउने काममा लागि ज्याला नबढाएको भन्दै उनीहरुले संवदनशील क्षेत्रमा हडतालको घोषणा गरेका थिए । शव व्यवस्थापन गर्ने स्थानमा हडताल घोषणा गरेपछि सबैको ध्यान केन्द्रित भयो । केही स्थानीय र पशुपति क्षेत्रविकास कोषको आग्रहमा उनीहरुले सो घोषणा फिर्ता लिए । पशुपति क्षेत्रविकास कोषका पदाधिकारी र घाटमा शव जलाउने काम गर्नेका प्रतिनिधिबीच भएको छलफलमा उनीहरुको मागलाई सम्बोधन गर्नेगरी शव जलाउने विभिन्न कामको ज्याला बढाउने सहमति भयो ।

    सहमति अनुसार यसअघि एउटा शव जलाए वापत मृतकका आफन्तबाट १२ सय ज्याला लिने गरिएकोमा त्यसलाई बढाएर १५ सय पु¥याइएको छ । १० वर्षसम्मको बच्चाको शब जलाएको ७ सय रुपैयाँबाट ९ सय रुपैयाँ पु¥याइएको छ । यस्तै १० बर्षमाथिका गिरी, पुरी, भारती लगायत दशनामीहरुको मृत्युमा शब पुर्न खाडल खनेको १२ सय बाट १५ सय पु¥याइएको छ । दाउरा बोकेको ज्याला र चिता निर्मााणको ४ सय रुपैयाँबाट ६ सय रुपैयाँ पु¥याएको छ । यस्तै चपरी खनेको ३ सय बाट ४ सय पु¥याएको छ ।

    यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर ७, ८ र ९ भित्रबाट शव बोकेको १५ सय रुपैयाँ, ५ किमीभन्दा बाहिरबाट शव बोकेकोमा थप रु २ सय र शव बाहनमा थप सहयोग १५ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै शव दाहमा खटिने कामदारको १० प्रतिशत सेवा शूल्क थप गर्ने निर्णय भएको छ । औषधी उपचार खर्च ५ हजारबाट बढाएर १५ हजार पु¥याइएको छ । अस्पताल खर्च २० हजारबाट बढाएर ३० हजार कायम गरिएको छ । १ लाख ५० हजारदेखि ५ लाख सम्म दिने सहमति भएको छ । सहमति भएपनि यो रकम अपुग भएको शब दाह कार्यमा संलग्न नवराज प्याकुरेलले बताए ।

    पशुपतिमा शव जलाउनका लागि ५० जना हाराहारी कामदारहरु रहेका छन् ।

    घाटको भाडा मात्रै १ हजारदेखि ६ हजारसम्म

    पशुपति क्षेत्र विकास कोषले शव जलाउने कामलाई व्यवस्थित बनाउनका लागि घाट सेवा कार्यालय सञ्चालन गरेको छ । मृतकका परिवारले तोकिएको शूल्क तिरेपछि मात्र शब जलाउन पाउछन् । पशुपतिमा वागमतीको किनारमा रहेको घाटमा दाउराबाट र बिद्युतीय मेसिनबाट शवदाह गर्ने व्यवस्था छ ।
    घाटसेवा कार्यालयका कर्मचारी गोकर्ण प्रसाद पौडेलका अनुसार विद्युतीय मेसिनबाट जलाउँदा ४ हजार शूल्क लाग्छ भने अन्तिम संस्कारका लागि चाहिने सामग्रीको थप १५ सय गरी ५५ सय रुपैयाँ लाग्छ ।

    यस्तै दाउराबाट शव जलाउदा २५ हजारसम्म लाग्ने पौडेलले बताए । पशुपति आर्यघाटमा पुगेपछि सबैभन्दा पहिला घाटसेवा कार्यालयमा गएर चिता बनाउने ठाँउ बुकिङ गर्नुपर्छ । पुलभन्दा माथि रहेको २ वटा घाटमा शब जलाउन एउटाको ६ हजार र अर्कोको ५ हजार रुपैयाँ रहेको छ । जहाँ विशिष्ट व्यक्तित्वहरुको शव जलाउने गरिन्छ ।

    यस्तै पुलभन्दा तल भष्मेश्वर घाटमा १० वटा चिता छ । ति चिताको भाडा १ हजार रहेको छ । यस्तै शब जलाउनका लागि दर्ताका लागि २ सय रुपैयाँ दर्ताशूल्क तोकिएको छ ।

    दाउरा किन्नका लागि दुईवटा ठाउँ रहेको छ । त्यहाँ प्रतिकिलो १० रुपैयाँका दरले दाउरा किन्नुपर्ने हुन्छ । एक शव जलाउन २ सय देखि ४ सय किलो दाउरा लाग्ने गर्छ । यसरी दाउरामा २ हजारदेखि ४ खर्च लाग्छ । यस्तै दाउरा सल्काउन १ हजारदेखि १० हजार सम्म खर्च लाग्ने उनले बताए । दाउरा नबले श्रीखण्डदेखि घिउ हाल्नुपर्ने भएकोले बढी खर्च लाग्ने उनले बताए ।

    यस्तै शव जलाउनेलाई १५ सय, चिता बनाउनेलाई ६ सय रुपैयाँ ज्याला दिनुपर्छ । असोज ८ देखि कार्तिक ६ गते बिहानसम्म भष्मेश्वर घाट र आर्यघाटमा ८ सय २१ शब दहन गरिएको छ । यो संख्याको २० प्रतिशत भने खाल्टोमा पुरिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij