प्रकाशित मिति : शनिबार, कार्तिक ९, २०७६
मधुकर पाण्डे , काठमाडौं । २०७६ सालको शुभ-दीपावली छ्ठ पर्व तथा ने स ११४० को पाबन अबसरमा छापथोक आरुचौर काठमाडौं संपर्क समाजको आयोजनामा आज काठमाडौंमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष कृष्ण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि हितबहादुर तामाङ, विशेष अतिथि ३ नम्बर प्रदेश का उपसभामुख राधिका तामाङ, विशेष अतिथी प्रदेसका मानानिय केसब पाण्डे तेसै गरि विशेष अतिथी माननिय युबा नेता बद्री मैनाली र अतिथि ककनी गाउँ पालिकाको अध्यक्ष मान बहादुर तामाङ लगायत सयौं बिभिन्न पेसामा संलग्न ब्यक्तिवहरु उपस्थिति थियो ।
उक्त कार्यक्रममा माननिय केसब पाण्डेले नेपालमा अब सुरुङ्ग मार्ग निर्माणको चरणमा गएको र छिटै नुवाकोट जोड्ने छहरे टोखा सुरुङमार्ग प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने बिस्वास दिलाउनु भयो र नुवाकोट अत्यन्तै राम्रो सहर बन्ने बताउनु भयो।एसै गरि युबा नेता साम्सद बद्री मैनालि ज्युले सुभकामना दिदै सरकारले राम्रो काम गरिरहेको अब छहरे टोखा सुरुङ्ग मार्गको चीन सरकारले बनाउने छ र नुवाकोटको भबिस्य राम्रोहुने र ककनी डम्पिङ साइड्ट बेबस्थित गर्ने र ककनी सडक निर्माण मा ढिलासुस्ती गरेको ठेकेदार लाई ठाडो चुनौती दिदै आउदो हिउद सम्म बनेन भने चाहे जोसुखैको घरपेटी होस कारबाही हुने र जनताले तेस्को प्रतिकार गर्ने बताउनु भयो एसै गरि ककनी गाउँ पालिका को उपाध्यक्ष सीता खतिवडा लामाले ककनी गा.पा.ले राम्रो काम गरिरहेको जानकारी दिदै शुभकामना दिनु भयो ।

यसै गरि नेकपा जिल्ला सद्स्य कासिराज अधिकारी र ककनी गा.पा.का अध्यक्ष मानबहादुर तामाङले शुभकामना दिदै ककनी बिकास गर्न सबै काठमाडौंमा बस्ने दाजुभाइले सहयोग गर्न अपिल गर्नुभयो । यसै क्रममा विशेष अतिथि ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङले देश निर्माणको चरणमा रहेकोले बिकासको लहर बिस्तारै देखिने अब आउदो दिनमा राम्रो हुने बताउनु भयो र बिकासको लागि सबै पार्टीको भुमिका एकै हुन पर्ने बताउनु भयो । प्रमुख अतिथी पुर्ब मन्त्री संघिय संसद माननीय हितबहादुर तामाङ शुभकामना दिदै आज संघीयताको कारण गाउँ गाउँमा बजेट बिनियोजन भएको छ र बिकास त्यहीबाट हुने कुरो बताउनु भयो । ककनी सडक ठेकेदारको लापरबाहीका कारण जिर्ण बनेको र अरब भन्दाबढी बजेट परेको सडकमा आजसम्म काम नहुनु दुर्भाग्य भएको बताउदै हित बहादुर कै पहलमा भिउ टावर बन्दै छ र छहरे टोखा सडक आउदो ४ बर्ष सम्म बनिसक्ने दाबी गर्नु भयो ।

दुई तिहाई सरकारले तीब्र बिकास गर्ने योजना भए पनि बिकास भनेको भ्यागुतो उफ्रेको जस्तो चालमा अघि बढी रहेको बताउनु भयो र कार्यक्रमको उद्घोषण युबा नेता बुद्धि जिबि ब्यापारी रामशरण भन्डारीले गर्नु भएको थियो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij