सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नाग पोखरीमा छठको भव्य तयारी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १४, २०७६



  • काठमाडौं। काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ। छठ पूजा मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कातिक १६ गते शनिबार नागपोखरीमा छठी माईको पूजा गर्ने व्यवस्था गरिएको जानकारी गराएको हो। पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा उदाउँदो सूर्यलाई अर्घ दिई सो पर्वको सुरुवात हुनेछ।

    मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन हिमाल, पहाड र तराई सबै ठाउँमा छठ पर्वलाई भव्य रुपमा मनाउने उद्देश्यका साथ काठमाडौंका नागपोखरीमा यस वर्ष पनि छठी माइको पूजा गर्ने व्यवस्था मिलाइएको समितिको संयोजक किशोरी महतोले जानकारी दिए।

    नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने जनाइएको छ। विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको हो। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घदिई मनाउने यो पर्वले आरोग्य लाभ हुने जनविश्वास रही आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij