आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपिलबस्तुको कृष्णनगरमा तनाव, प्रहरीकाे गाेली लागी एक जनाकाे मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १४, २०७६



  • काठमाडौं। लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा कपिलबस्तुको कृष्णनगरमा तनाव भएको छ। लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा हिन्दूधर्मालम्बीले विगतको रुट परिवर्तन गरी अर्को रुट प्रयोग गरेपछि मुस्लिम समुदायले विरोध गरेका थिए। विवाद बढ्दै गएपछि सो क्षेत्रमा अहिले कफ्र्यु लगाइएको कपिलबस्तु प्रहरीले जनाएको छ।

    कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ। कफ्र्यू उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको हाे ।

    ‘यसअघि लक्ष्मी पूर्जाको मूर्ती बिसर्जन गर्दा प्रयोग गरेकै बाटो प्रयोग गर्न मुस्लिम समुदायले आग्रह गरेका थिए। तर हिन्दु समुदायले नयाँ रुट प्रयोग गरी मूर्ती बिसर्जन गर्न लग्दा मुस्लिम समुदायले विरोध गरेपछि विवाद उत्पन्न भयो,’ एक प्रहरी अधिकृतले डिसी नेपालसँग भने, ‘अहिले स्थिति तनावग्रस्त बनेपछि कफ्र्यू जारी गरिएको छ।’

    झडप उग्र बनेपछि निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। झडपमा परी केही स्थानीयवासी र प्रहरीसमेत घाइते भएका छन्। विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकाले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ। प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

    आज बिहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७०० मिटर, पश्चिम तर्फ ७०० मिटर,पूर्व तर्फ ३०० मिटरमा निषेधाज्ञा लगाएको जनाएको छ। निषेधाज्ञा आदेश अवज्ञा गरे कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij