सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काँग्रेस धनकुटा नगरका पूर्व सभापति श्रेष्ठको निधन

  • प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६



  • धनकुटा । नेपाली काँग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदारलाल सिंह श्रेष्ठको गएराति निधन भएको छ । दुई वर्ष अघिदेखि मृगौलासम्बन्धि समस्याबाट ग्रसित श्रेष्ठको ८४ बर्षको उमेरमा गएराति १ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

    धनकुटाको भीमनारायण चोक घर भएका श्रेष्ठ काठमाडौँ बस्दै आएका थिए । काठमाडौँमै उनको निधन भएको काँग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए । श्रेष्ठको पार्थिव शरिरमा नेताहरुले पार्टीको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ ।

    करिव ४८ सालमा काँग्रेसको धनकुटा नगर सभापतिमा निर्वाचित भएका श्रेष्ठले चार वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेका थिए । इमानदार, कर्तव्य निष्ठ, साहसिक र कुसल संगठनकर्ता श्रेष्ठको निधनले काँग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको पार्टी सचिव राईले बताए । स्वर्गिय श्रेष्ठका श्रीमतिसहित दुई छोरा र तीन छोरी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij