प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६
दाङ । घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्दै आएका एक मजदूरको काम गर्दैगर्दा भवनबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तरप्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेलको सिमेन्ट कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खस्दा गम्भीर घाइते भएकामा उपचारका क्रममा आज मृत्यु भएको हो ।
शनिबार बेलुका साढे ८ बजे खसेर गम्भीर भएका पटेललाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव शिक्षण अस्पताल कोहलपुरको शवगृहमा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij