आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अर्जुन र कर्णबीचको युद्ध चलिरहेको थियो, तब कर्णको रथ…

  • प्रकाशित मिति : सोमवार, कार्तिक १८, २०७६



  • काठमाडौं। महाभारत युद्धमा कौरव र पाण्डवबीच भयंकर युद्ध भइरहेको थियो। कौरव सेनाका कयौं महायोद्धा मारिइसकेका थिए। त्यसपछि अर्जुन र कर्णको आमने सामने भयो। उनीहरुबीच युद्ध चलिरहेको थियो। त्यतिबेला कर्णको रथको पांग्रा जनिमा फस्यो।

    कर्ण रथबाट तल झरे र फसेको रथको पांग्रा निकाल्ने कोशिश गर्न थाले। त्यो बेला अर्जुन आफ्नो धनुषमा बाँण चढाइरहेका थिए। तब कर्णले अर्जुनलाई कायरको जस्तो व्यवहार नगर्न आग्रह गरे। उनले एक निशस्त्र व्यक्तिमाथि प्रहार गर्नु अर्जुन जस्ता योद्धाका लागि शोभनीय नभएको कर्णको भनाइ थियो। उनले आफू फसेको रथको पांग्रा निकालेपनि युद्ध गर्ने भने।

    कर्णको यस्तो कुरा सुनेर श्रीकृष्णले भने–जब कोही अधर्मी संटकमा फस्यो भने मात्र उसलाई धर्मको सम्झना आउँछ। जब द्रौपदीको चीर हरण भइरहेको थियो, जब युद्ध क्रिडामा कपट भइरहेको थियो त्यो बेला कसैले पनि धर्मको साथ दिएनन्। वनवासपछि पनि पाण्डवलाई उनीहरुको राज्य फिर्ता नगर्नु, १६ वर्षका अभिमन्युलाई कयौं योद्धाले घेरेर मार्नु पनि अधर्म थियो, त्यो बेला कर्णको धर्म कहाँ गएको थियो?’

    श्रीकृष्णको कुरा सुनेर कर्ण निरास भएका थिए। श्रीकृष्णले अर्जुनलाई बाण प्रहार गर्न आज्ञा दिए। कर्णलाई धर्मको कुरा गर्ने अधिकार छैन। कर्णले सधैं अधर्मको साथ दिएका छन्। अर्जुनले तत्काल कृष्णको कुरा सुनेर कर्णमाथि बाँण प्रहार गरे। बाँण लागेपछि श्रीकृष्णले कर्णको दानवीरताको प्रशंसा पनि गरे।

    कर्णले प्रत्येक समय दुर्योधनको अधार्मिक कामलाई सहयोग गरेका थिए। यही कारण अर्जुनको हातबाट कर्णको वध भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij