प्रकाशित मिति : शनिबार, कार्तिक ३०, २०७६
काठमाडौं । इलाममा सडकबाट दुर्घटना हुँदा मोटरसाइकल उछिट्टिएर घरको छानामा पुगेको छ । सो क्रममा २ जना घाइते हुनु भएको छ ।
इलामको नेपालटारमा इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका हुनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij